Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 14, 2023 राजनीति

संविधान कार्यान्वयन र संरक्षणमा नयाँ वर्ष प्रेरणादायी बन्न सकोस्ः सभापति देउवा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख १, काठमाडौँ | नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक र समुन्नत नेपाल निर्माणमा अगाडि बढ्न नयाँ वर्ष सबैका लागि प्रेरणादायी बन्न सकोस् भन्नुभएको छ ।

नयाँ वर्ष २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री देउवाले सन्देशमा भन्नुभएको छ, “सात दशकभन्दा लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन र संरक्षणमा नयाँ वर्ष सबै राजनीतिक दलबीच हार्दिक एकता कायम गर्न प्रेरणदायी बन्न सकोस् ।”