Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
May 2, 2023 राजनीति

उपनिर्वाचन जितेर सांसद बनेका उपेन्द्र यादवले लिए शपथ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>बैशाख १९, काठमाडौँ |</b> प्रतिनिधि सभा उपनिर्वाचनमा निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले आज सांसद पदको शपथ ग्रहण गरेका छन् । उनलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।<br></p><p>यही वैशाख १० गते भएको उपनिर्वाचनमा यादव बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।</p><p>वैशाख १० गतेकै उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने र तनहुँ क्षेत्रनम्बर १ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेले भने गत शुक्रबार नै शपथ ग्रहण गरिसकेका थिए । यादव काठमाडौं उपत्यका बाहिर रहेकाले सो दिन उनको शपथ ग्रहण हुन सकेको थिएन ।</p>