Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

४ गते शरणार्थी प्रकरणबारे ‘तथ्य प्रमाणसहित बोल्ने’ बताएका ओली किन गएनन् संसद ?

२०८०, ४ जेष्ठ बिहीबार ०९:१८

जेठ ४, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ गते संसदमा उपस्थित भएर भुटानी शरणार्थी प्रकरणबारे तथ्य प्रमाणसहित बोल्ने पूर्वघोषणा गरेका थिए । तर, आज उनी संसदमा अनुपस्थित रहेका छन् ।

ओलीले गत बैशाख २८ गते पार्टीको बैठकमा भनेका थिए, ‘कुन शरणार्थीका नाममा कहाँ कहाँ कतिलाई पठाइयो र को संलग्न छ भन्ने तथ्यसहित संसदमा जानकारी गराउने कोसिस गर्नेछु ।’

तर, आज ओली संसदमै उपस्थित नभएपछि उनको पूर्वघोषणा अधुरो बनेको छ । अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार स्वास्थ्य समस्याका कारण उनी आज संसद जान नसकेका हुन् ।

‘केही दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो । सिटामोल खाएर हिँडिरहनुभएको थियो । आज चाहिँ घरमै आराम गरिरहनुभएको छ’, बजगाईंले भने ।

संसदमा ४ गते नै प्रधानमन्त्रीले संसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची तय भएपछि ओलीले आफ्नो सम्बोधनको योजना स्थगित गरेका थिए ।

प्रधानमन्त्रीभन्दा अघि बोल्न नमिल्ने र पछि बोल्दा पनि ओझेलमा पर्ने भएकाले उनले नबोल्ने निर्णय लिएका हुन् । स्वास्थ्य समस्याले गर्दा उनी संसद नै जान सकेनन् ।

ओलीले शरणार्थी प्रकरणका विषयमा अर्को कुनै दिन संसदलाई सम्बोधन गर्ने बजगाईंले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ