पढ्न करिब 1 मिनेट लाग्छ

जेठ ३२, काठमाडौँ | फिलिपिन्सविरुद्धको मैत्रिपूर्ण खेलका लागि नेपालको सुरुआती ११ सार्वजानिक भएको छ ।

फिलिपिन्सको राजधानी मनिलास्थित रिजा मेमोरियल स्टेडियममा हुने खेलमा नेपालका दुई खेलाडीले डेब्यू गर्ने भएका छन् ।

थ्रि स्टार क्लबका मिडफिल्डर लकेन लिम्बु र त्रिभुवन आर्मी क्लबका डिफेन्डर बिमल पाण्डेले राष्ट्रिय टिमबाट डेब्यू गर्न लागेका हुन् । लकेनल हालै सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उदयीमान खेलाडीको अवार्ड पाएका थिए ।

नेपालको सुरुवाती ११ः

किरण कुमार लिम्बु, बिमल पाण्डे, सिनश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, पुजन उपरकोटी, एरिक विष्ट, लकेन लिम्बु, आयुष घलान, नवयुग श्रेष्ठ र अन्जन बिष्ट