प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरूको प्रश्नोत्तर सुरु

साझासवाल
1 Min Read

<p><b>असार १, काठमाडौं | </b>संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रश्नोत्तर सुरु गरेका छन् । आज सिंहदरबारस्थित बिहान ८ बजे बसेको बैठकमा कार्कीविरुद्ध परेका उजुरी र उनले बिहीबारको बैठकमा पेस गरेको कार्ययोजनाका विषयमा प्रश्न गरि रहेका छन् ।<br></p><p>प्रश्न सोध्ने क्रम सकिएपछि कार्कीले जवाफ दिनेछन् । संसदीय समितिले उनको नाम अनुमोदन गरे हाल कायम मुकायम प्रधानन्यायाधीश रहेका कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन् ।</p><p>संवैधानिक परिषदबाट भएको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ । कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले सिफारिस गरेको थियो ।</p>

Share This Article
Leave a Comment

Leave a Reply