Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 18, 2023 राजनीति

भारतीय टोलीको कञ्चनपुरमा अनधिकृत नाप जाँच, सांसदले गराए सरकारको ध्यानाकर्षण

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार ३, काठमाडौँ | </b>रास्वपा सांसद डोलप्रसाद अर्यालले भारतीय टोली कञ्चनपुर प्रवेश गरेर हाइवेको सर्भे गर्दा सुरक्षाकर्मीले जानकारी नै नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।&nbsp;<br></p><p>आइतबार प्रतिनिधिसभा बैठकमा सांसद अर्यालले भारतीय प्रविधि टोली नेपाल प्रवेश गरेर भूमि नाप जाँच गर्दा पनि सीमा सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले सुइँको समेत नपाएको भन्दै आपत्ति जनाएका हुन् ।&nbsp;</p><p>१ असारमा भारतीय प्रविधि टोलीले इन्डियन नेशनल हाइवे सर्भे गर्ने भन्दै कञ्चनपुरको भुजेला, गड्डाचौकीदेखि सुकशलासम्मको भू–भाग नाप जाँच गरेको भन्दै उनले यसबारे गृहमन्त्रीको जवाफ मागेका छन् ।&nbsp;</p>