२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एक दिवसीयमा नेदरल्यान्ड्सलाई हराएर पहिलो जीत निकालेको नेपाल, फेरि हराए पुग्नेछ सुपर सिक्समा

२०८०, ८ असार शुक्रबार १२:२५

असार ८, काठमाडौँ | सन् २०१८ अगष्ट ३, नेपाली क्रिकेटले यो मिति सायदै बिर्सेको हुनुपर्छ । आर्म्सटेलभिनमा त्यस दिन भएको एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले घरेलु टोली नेदरल्यान्ड्सलाई १ रनले हराएको थियो । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको त्यो पहिलो जीत थियो ।

पहिला ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर २१६ रन जोडेको थियो । तत्कालीन कप्तान पारस खड्काले ५१ र तल्लोक्रमका सोमपाल कामीले ६१ रन जोडेका थिए । ८८ रनमै ५ विकेट गुमाएर नेपाल संकटमा परेको थियो । तर कुनै समय बलियो रहेर पनि नेदरल्यान्ड्सले यो खेल जित्न सकेन ।


दुई विकेट गुमाएर ११४ रनको स्थितिमा देखिएको घरेलु टोली त्यसपछि विकेट गुमाएर लगातार दबाबमा आएको थियो । नेदरल्यान्ड्सलाई अन्तिम ओभरमा ६ रनमात्र चाहिएको थियो । त्यसमाथि अन्तिम बलमा २ रन आवश्यक थियो ।

सुरुका ५ बलमा केवल ४ रन खर्चिएका पारसले अन्तिम बलमा फ्रेड क्लासेनलाई रन आउट गर्दै नेपाललाई ऐतिहासिक जीत दिलाएका थिए । नेदरल्यान्ड्समाथि रोमाञ्चक जीत हात पार्ने क्रममा सन्दीप लामिछानेले ३, ललित भण्डारीले २ तथा सोमपाल कामी, पारस, बसन्त रेग्मी र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट हात पारेका थिए । यो जीतमा नेपालले २ खेलको शृंखला १-१ ले बराबरी गरेको थियो ।

एक महिनाअघि मात्र जिम्बावेमा भएको विश्वकप छनोटमा एक दिवसीय मान्यता पाएपछि नेपाल पहिलो श्रृंखला खेल्न नेदरल्यान्ड्स पुगेको थियो । सन् २०१५ देखि २०१७ सम्म आयोजना भएको वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र नेदरल्यान्ड्स दुईपटक भिडेका थिए ।

नेदरल्यान्ड्समा भएका दुवै खेलमा नेपालले एक जीत र एक हारको नतिजा निकालेको थियो । उक्त प्रतियोगितामा विजेता बनेको नेदरल्यान्ड्स सोझै विश्वकपमा छनोट भएको थियो । पछिल्ला चार वर्ष डच टोलीले सुपर लिग खेलेको थियो भने नेपालले विश्वकप लिग– २ । यी दुवै प्रतियोगिताबाट विश्वकप छनोटमा पुग्ने टोली तय भएका हुन् ।

नेपाल आएर निरीह बनेको नेदरल्यान्ड्स

सन् २०२१ अप्रिलमा नेदरल्यान्ड्स नेपाल आएको थियो । त्रिकोणात्मक टी- २० अन्तर्राष्ट्रिय श्रृंखलाका लागि नेपालसँग खेल्न नेदरल्यान्ड्स र मलेसिया आएका थिए ।

पहिलो खेलमा नेदरल्यान्ड्सलाई १३६ रनमा समेटेर पछि ९ विकेटले विजयी भएको नेपालले सोही टोलीसँगको दोस्रो खेलमा २०७ रनको लक्ष्य दिएर पनि हार व्यहोरेको थियो ।

त्यसपछि श्रृंखलाको अन्तिम खेल र फाइनलमा लगातार २ सयभन्दा बढी योगफल बनायो । फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले ऐतिहासिक २३८ रन जोडेको थियो । डच टोली केवल ९६ रनमा समेटिएको थियो ।

यही श्रृंखलामार्फत आसिफ शेख र कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेटमा डेव्यु गरेका थिए । यो प्रारम्भिक जोडी अहिले पनि निकै प्रभावशाली रहँदै आएको छ । त्यतिबेला आसिफ र कुशलले लिग चरणमा नेदरल्यान्ड्सविरुद्ध ११६ रनको साझेदारी गरेका थिए ।

अहिले नेपाल विश्वकप छनोट खेल्न जिम्बावे पुगेको छ । नेपालले गत विश्वकप लिग- २ बाटै आगामी चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्ने पक्का गरेको थियो ।

जिम्बावेमा जारी विश्वकप छनोटमा सहभागी १० टोलीमध्ये शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन् । ५ टोली रहेको समूहबाट शीर्ष तीन टोली छनोटको दोस्रो चरणका रुपमा रहेको सुपर सिक्समा पुग्नेछन् ।

समूहको आफ्नो अन्तिम खेलमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्दैछ । यो खेलमा नेपाल विजयी भएमा सुपर सिक्स पुग्ने सम्भावना बलियो हुनेछ भने पराजित भएमा समाप्त हुनेछ । नेदरल्यान्ड्सले दुई खेल खेल्ने क्रममा अमेरिकालाई हराएको छ भने जिम्बावेसँग पराजित भएको छ । अब उसले नेपालबाहेक वेस्ट इन्डिजसँग पनि खेल्न बाँकी छ ।

नेपालले जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको थियो भने वेस्ट इन्डिजसँग ३४० रनको लक्ष्य पछ्याएर १०१ रनले पराजित भएको थियो । अमेरिकालाई २०७ रनमा समेटेर ६ विकेटले विजयी भएको थियो ।

यता नेदरल्यान्ड्सले जिम्बावेलाई ३१६ रनको लक्ष्य दिएर पनि ५ विकेटको हार ब्यहोरेको थियो भने अमेरिकालाई २११ रनमा सीमित गर्दै ५ विकेटको जीत निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता