पढ्न करिब 1 मिनेट लाग्छ

असार १२, काठमाडौँ | घोराही उप-महानगरपालिका-८ का वडा अध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् । बजेटको विषयमा असन्तुष्टि जनाउँदै वडा अध्यक्ष शाहले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

एमालेबाट निर्वाचित शाहले घोराही उपमहानगरपालिकाको १३ औं नगरसभामा राजीनामा पत्र नगर प्रमुख नरुलाल चौधरीलाई बुझाएर नगरसभाबाट बाहिरिएका हुन् ।

आफ्नो वडामा बजेट नहालेको भन्दै शाहले मेयरसँग असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएको बताइएको छ ।

आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट वडामा बजेट नदिएपछि राजीनामा दिने निष्कर्षमा पुगेको उनले बताए ।

यसअघिको बजेट ल्याउँदा पनि राजीनामा दिने घोषणा गरेका उनले अन्तिममा राजीनामा भने दिएका थिएनन् । उनले अर्को निर्वाचनमा मेयरमा चुनाव लड्ने पनि बताए ।