Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 2, 2023 राजनीति

महानगरले दियो ललिता निवासको जग्गामा बनेका संरचना हटाउन ७ दिने अल्टिमेटम

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १७, काठमाडौं | काठमाडौं महानगरले बालुवाटारस्थित ललिता निवासको जग्गामा निर्माण गरिएका भौतिक संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ ।

महानगर प्रमुख बालेन्द्र शाहको निर्देशनमा त्यस क्षेत्रमा घेराबारा गर्न पुगेको महानगर नगर प्रहरीका प्रमुख राजु पाण्डेको टोलीले ७ दिने अल्टिमेटम दिएका हुन् ।

राजुको नेतृत्वमा डेढ सयभन्दा बढी महानगर प्रहरीको टोली त्यहाँ पुगेको थियो । सार्वजनिक जग्गा संरक्षण गर्नु स्थानीय सरकारको जिम्मेवारी भएकाले महानगरले ललिता निवास जग्गाभित्र बनेका संरचना हटाउन निर्देशन दिएको उनको भनाइ छ ।

यदि ७ दिने अल्टिमेटमभित्र संरचना हटाउन अटेर गरे महानगरले आफैँ हटाउने महानगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।