Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर ०७ गते, दिउँसो १२:०० बजे
काठमाडौँ - KTM

‘संविधान संशोधनकै लागि वर्तमान सरकार गठन’

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ७, गौशाला । शान्तिमन्त्री सीतादेवी यादवले संविधान संशोधनकै लागि वर्तमान सरकार गठन भएको बताएकी छिन । 

स्थानीय शान्ति समिति महोत्तरीले आज जलेश्वरमा आयोजना गरेको अन्तक्र्रियालाई सम्बोधन गर्दै उनले नेपाली काँगे्रस संविधान संशोधन गरी देशमा व्याप्त अशान्ति समाप्त गर्ने उद्देश्य बोकेर सरकारमा गएको बताइन । 

उनले मधेसी, आदिवासी, जनजातिलगायत संविधानप्रति असन्तुष्ट पक्षका मागमा प्रमुख प्रतिपक्षी नेकपाएमाले सहित अन्य दलसँग लगभग कुरा मिलिसकेकाले चाँडै संविधान संशोधन हुने विश्वास व्यक्त गरिन् । 

एक अर्को प्रसङ्गमा मन्त्री यादवले देशमा पुरानै संरचनामा स्थानीय चुनाव हुनुपर्ने बताएकी छिन । उनले देशमा रहेका पुराना संरचना बिग्रेभत्केका कारण अहिले नयाँ ढङ्गले चुनाव गराउँदा विभिन्न समस्या आउनसक्ने बताउँदै पुरानै संरचनामा चुनाव गराउँदा सबैका लागि सहज हुने दाबिसमेत  गरिन्  । रासस