Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर ०८ गते, बिहान ५:४८ बजे
काठमाडौँ - KTM

सत्तारूढ दल र सङ्घीय गठबन्धनबीच बैठक जारी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:


मङ्सिर ८, काठमाडौँ । सत्तारूढ दल र मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनबीच संविधान संशोधनबारे अहिले बैठक जारी रहेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा संविधान संशोधनका विषयबारे छलफल भइरहेको छ । 

संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गराउनेबारे सहमतिको प्रयासस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाएका हुन् । 

बैठकमा प्रधानमन्त्री, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत सत्तारुढ नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस लगायत प्रमुख घटकका नेता तथा गठबन्धनका तर्फबाट शीर्षनेताहरुको उपस्थिति रहेको छ ।