Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर ०८ गते, बिहान ६:२९ बजे
काठमाडौँ - KTM

कर्मचारी सङ्गठनको दशौँ अधिवेशन नेपालगन्जमा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:


मङ्सिर ८, काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनको दशौँ राष्ट्रिय अधिवेशन मङ्सिर २७ देखि नेपालगन्जमा हुने भएको छ । 

तीन दिनसम्म नेपालगन्जमा हुने अधिवेशनको सबै तयारी पूरा भएको सङ्गठनका सदस्य गगनबहादुर विकले जानकारी गराउनुभयो । उहाँका अनुसार अधिवेशन सम्पन्न गर्नका लागि उपाध्यक्ष मानबहादुर विष्टको संयोजकत्वमा २५१ सदस्यीय मूल व्यवस्थापन समिति र विभिन्न १५ उपसमिति गठन गरिएको छ । 

‘सङ्घीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने मूलनाराका साथ हुन भइरहेको अधिवेशनले तीनवर्षका लागि ९९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने सदस्य विकले बताउनुभयो । 

नयाँ कार्यसमितिमा समावेशीसहित १० उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिव र एक÷एक कोषाध्यक्ष र सहकोषाध्यक्ष चयन गरिनेछ । 

अधिवेशनको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । सङ्गठनमा अहिले ४० हजार कर्मचारी सहभागी रहेका बताइएको छ । रासस