Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर ०८ गते, बिहान ११:२२ बजे
काठमाडौँ - KTM

पूर्व उपप्रधानमन्त्री केसी गुडिरहेको माइक्रोबाट खसे, केएमसीमा उपचार हुँदै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ८, काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी गुडिरहेको माइक्रो बसबाट लडेर घाइते भएका छन् ।

उनको टाउको र ढाडमा चोट लागेको छ । अहिले उनको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बुधबार उनि कपनस्थित पार्टी कार्यालय जाने क्रममा अचानक गुडिरहेको माइक्रोबाट लडेका हुन् । केसी माइक्रो बसको ढोका छेउको सिटमा बसेका थिए । घुम्तीमा अचानक लडेको बताइएको छ ।

काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेका अध्यक्ष केसीको अवस्था सामान्य रहेको र डाक्टरले भोलिसम्म अस्पताल बस्न सुझाव दिएका छन ।

सरकारी पद धारण गरिसकेका राजनीतिक दलका नेताहरु सेवा-सुविधा-गाडी लिन तछाड मछाड गरिरहेका बेला ओली सरकारमा उपप्रधानमन्त्री रहेका केसी सरकारी सुविधा त्यागेर सार्वजनिक यातायात प्रयोग गर्दै आएका छन् ।