2026-06-25 01:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असन्तुष्टको माग सम्बोधन गरेर संविधान कार्यान्वयन गर्छु: प्रधानमन्त्री

2016-11-24

मङ्सिर ९, सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्ट पक्षको माग सम्बोधन गरेर संविधान कार्यान्वयन गरिने बताउनुभएको छ । 

सिन्धुलीको कल्पवृक्ष र कपिलाकोट गाविस जोड्ने पक्की पुलको शाहानमा आज शिलान्यास गर्दै उहाँले मधेसी, जनजाती, थारु, आदिवासीलगायतको माग सम्बोधन गरी संविधान कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको दोहो¥याउनु भयो । 

प्रधानमन्त्रीले संविधान कार्यान्वयन, तीन तहको निर्वाचन, पुनःनिर्माणलाई तीव्रताका साथ सम्पन्न, युवालाई रोजगार, किसानलाई पेन्सन, कृषि क्षेत्रमा आधुनिकीकरण लगायतका क्षेत्रमा काम गर्न निरन्तर लागिपरेको बताउनुभयो । 

नेपालको आर्थिक समृद्धि कृषिमा प्रगति नगरी सम्भव नभएको भन्दै प्रधानमन्त्री दाहालले अब देशका हरेक प्रदेशमा एक कृषि क्याम्पसको अवधारणा आफूले लिएको उल्लेख गर्नु भयो । 

सिन्धुलीका भूकम्पपीडितले राहत नपाएको गुनासो आफूसमक्ष आएको भन्दै प्रधानमन्त्री दाहालले अबको केही दिनमा नै पीडितले राहत पाउने बताउनुभयो । वास्तविक कतिपय पीडित छुटेको गुनासोको सुनुवाइ गर्नका निम्ति आफूले सम्बन्धित व्यक्तिलाई निर्देशन दिइसकेको उहाँले उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री दाहाललाई सिन्धुलीका प्रमुख तीन राजनीतिक दलले सिन्धुलीमा आवश्यक विषयवस्तु समावेश गरेर माग पत्र बुझाएका थिए । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त प्रयासमा सिन्धुलीको कपिलाकोटको कोखाजोर १३ मेगावाट विद्युत् आयोजना निर्माण, ग्रामीण विद्युतीकरण, सिँचाइमा सुनकोसी मरिण डाइभर्सन, मरिण चदाँहा, कमला नदी तथा चुरे नियन्त्रण, पर्यटन क्षेत्रको विकास र पूर्वाधार निर्माण लगायतका विषयवस्तु समावेश गरेर माग पत्र बुझाइएको थियो । 

विसं २०७३ असार ९ गते ठेक्का लागेको पुल विसं २०७६ पुस २८ गते निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । रसुवा तुत्दी जेभी काठमाडौँले निर्माणको जिम्मा पाएको पुलका लागि सरकारको कुल रु ४३ करोड ५० लाखको लागत रहनेछ । 

मरिण क्षेत्रका जनताले झोलुङ्गे पुल माग गरे पनि मरिणको विकासका लागि पक्की पुलको शिलान्यास गरिएको क्षेत्र नं ३ का सांसद हरिबोल गजुरेलले बताउनुभयो । उहाँले मरिणका जनता सधैँ जोखिममा रहेको बताउँदै अबको केही वर्षमा पुल निर्माण कार्य सम्पन्न भएपछि यस भेगको विकास हुने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय