मङ्सिर १०, सिड्नी । परराष्टमन्त्री डा प्रकाशशरण महतले विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालको विकासमा अधिकतम रुपमा प्रयोगमा ल्याउने काममा गम्भीर हुन गैरआवासीय न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १०, सिड्नी । परराष्टमन्त्री डा प्रकाशशरण महतले विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालको विकासमा अधिकतम रुपमा प्रयोगमा ल्याउने काममा गम्भीर हुन गैरआवासीय न"/>
2026-06-26 03:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गैरआवासीय नेपालीलाई परराष्ट्र मन्त्रीको यस्तो आग्रह

2016-11-25

मङ्सिर १०, सिड्नी । परराष्टमन्त्री डा प्रकाशशरण महतले विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालको विकासमा अधिकतम रुपमा प्रयोगमा ल्याउने काममा गम्भीर हुन गैरआवासीय नेपालीलाई आग्रह गर्नुभएको छ । 

अष्ट्रेलियाको सिड्नी सहरमा शुक्रबार आयोजित नेपाली समुदायको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा महतले गैरआवासीय नेपालीका रुपमा जहाँ गएर बसेको भए पनि त्यो पहिचान बनाउने आफ्नो मातृभूमिप्रतिको दायित्व नविर्सिन आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “तपाइँहरु संसारको कुनै पनि देशमा भए पनि यो हैसियत निर्माण गरिदिने आफ्नो मातृभूमि हो भन्ने वास्तविकता बुझेर देशको विकासका लागि हरसमय लाग्न मेरो आग्रह छ । ” 

विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालमा लगाउन सक्ने हो भने संसारमा छरिएर रहेका नेपालीले समृद्ध र समुन्नत नेपालको निर्माण गर्न धेरै समय लाग्दैन, उहाँले भन्नुभयो । 

गैरआवासीय नेपाली सङ्घ अष्टे«लिया र न्यू साउथ वेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालयद्वारा आयोजित सो समारोहमा मन्त्री डा महतले नेपालमा बढीभन्दा बढी लगानी भित्र्याउन पनि गैरआवासीय नेपाली नागरिकलाई आग्रह गर्नुभएको मन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो । 

नेपाल हाल नयाँ संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको र विगत लामो समयसम्म हिंसा र पछ्यौटेपनमा परेको नेपालले विकास र समृद्धिको बाटो लिने समय भएको भन्दै मन्त्री डा महतले नेपालमा लगानीको वातावरण अब राम्रो भएको वास्तविकता बुझ्न आफू रहेको देशमा पनि यो सन्देश प्रवाह गर्न संसारमा रहेका गैरआवसीय नेपाली समक्ष विशेष जोड दिनुभयो । 

गैरआवासीय नेपालीलाई पनि नेपाली नागरिकता र अरु अधिकारका लागि संविधानमा राख्ने क्रममा आफुले विशेष भूमिका निर्वाह गरेको स्मरणगर्दै मन्त्री डा महतले यससम्बन्धी कानुनको निर्माण अब चाँडै हुने जानकारी पनि दिनुभयो । 

मन्त्री डा महतले परराष्ट नीतिलाई प्रयोग गरेर आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृत्तिका कारण नेपालको कुटनीतिक क्षेत्रमा समस्या आउने गरेको धारणा राख्नुभयो । 

सो कार्यक्रममा मन्त्री डा महतले गैरआवासीय नेपाली सङ्घद्वारा प्रकाशित स्मारिकाको विमोचन गर्नुभयो । यसैगरी मन्त्री महतले आजै बिहान अष्ट्रेलियाका पूर्व विदेशमन्त्री बब कारसँग पनि भेटवार्ता गर्नुभएको थियो । 

आजै सिड्नीमा नेपाल अष्टे«लिया डेमोक्र्याटिक फोरमद्वारा आयोजित एक अन्तक्र्रियामा पनि मन्त्री डा महत सहभागी हुनुभयो । त्यस अवसरमा उहाँले नेपालमा प्रजातन्त्रको सवलीकरण र विकासका लागि भूमिका निर्वाह गर्न पनि सबैलाई आग्रह गर्नुभयो । 

सो कार्यक्रममा नेपाली काँग्रेसका पवर्तका पूर्वसभापति नवराज गुरुङ, सो संस्थाका अध्यक्ष विवेक थापा, सल्लाहकार नारायण काफ्ले, पूर्वअध्यक्ष महेन्द्र थापा र छिरिङ तेन्जी शेर्पालगायतले अष्ट्रेलियामा रहेका नेपालीको अवस्था र सम्भावनाका बारेमा चर्चा गर्नुभएको थियो । 

मन्त्री डा महतले भोलि शनिबार सिड्नीमा गैरआवासीय नेपाली सङ्घ अष्टे«लिया र यहाँस्थित नेपाली दूतावासद्वारा आयोजित नेपाल फेस्टिबलको उद्घाटन गर्ने कार्यक्रम छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित