2026-06-25 05:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री साझामा हुइँकिएपछि…

सिबी अधिकारी, मङ्सिर १२, काठमाडौँ ।

‘साझा बसमा जो पनि चढ्दछ

किलिन्डरले दुई रुपियाँको टिकट काट्दछ।..

हामी पनि हुइँकिउँ बुइनी साझा बसैमा’ 

कलाकार हरिवंश आचार्यले मञ्चमा आफ्नो पुरानो गीत गाउँदा पुल्चोकस्थित साझा यातायातको प्राङ्गण उल्लासमय बन्यो । साझा यातायातका नयाँ बस शुभारम्भ कार्यक्रममा महजोडीको भावनात्मक व्यङ्ग्य तर सन्देशमूलक प्रस्तुतिले उपस्थित प्रधानमन्त्रीसहित मन्त्री तथा नेतागणलाई निकै गम्भीर बनायो । 

कलाकार मदनकृष्ण श्रेष्ठले दश पैसाबाट सुरु गरेर रु दुई हुँदै रु १५ सम्म भाडा रहेको साझाको अनवरत यात्राको कहानी कोट्याउँदा कलाकार आचार्यले अब, यसभन्दा बढी भाडा नबढोस्, साझालाई सुरक्षित, भरपर्दो र समयमै गन्तव्यमा पुग्ने बनाइयोस् भनी कामना गर्नुभयो । “साझा यातायात मेरो बच्चादेखिकै साथी हो, त्यतिबेला रु दुईको टिकटको गीत लेखेको थिएँ, अहिले रु १५ पुगेको छ, अब नबढोस्,” उहाँले भन्नुभयो । 

निकै व्यङ्ग्यात्मक शैलीमा आचार्यले पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रोबसबाट लडेको उदाहरण दिँदै अब नेपाली काँग्रेस, नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०का नेताहरु पनि त्यसरी नै लड्नुपर्छ भनेपछि सभा कक्ष हाँसोले निकै गुञ्जायमान बनेको थियो । आचार्यले त्यति मात्र हैन, अब, देश खलासीले चलाउनुपर्छ भनेपछि सबैको ध्यान खिँच्यो । खलासीले जसरी बसमा सबै जातजाति, समुदायलाई मिलाएर व्यवस्थापन गर्र्छ, नेताहरुले पनि त्यसैगरी सहमतिबाट देशलाई अघि बढाउनुपर्छ । 

देशको वर्तमान परिस्थितिलाई इङ्गित गर्दै कलाकारको सो प्रस्तुतिबाट प्रधानमन्त्री पुष्पकमल दाहाल पनि निकै प्रभावित भएपछि भन्नुभयो–“महजोडीले भन्यो ‘सरकार र राजनीतिक दललाई खलासी बन्न’, मैले के ठानेको छु भने म अहिले खलासी नै छु र मैले बल गरिरहेको छु सबै मिलेर बसौँ भनेर, तपार्इंहरुले पनि साथ दिनुस् ।” 

प्रधानमन्त्री दाहालले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा देशभित्र यातायात व्यवस्थाको अराजकतालाई ध्यानमा राख्दै सुधारका नीति र योजनालाई कार्यान्वयनमा ल्याउन तथा ट्राफिक व्यवस्थापनमा लागिपरेको सन्दर्भमा साझाको काम सराहनीय रहेको बताउनुभयो । 

चौडा सडक र ठूला बस सहरका लागि अपरिहार्य छ भन्दै प्रधानमन्त्री दाहालले सहरी व्यवस्थापन र यातायात व्यवस्थालाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई ऐन मार्फत व्यवस्थित गरी उपत्यकाका तीन वटै जिल्लाका सहरलाई एकीकृत र गोलबद्ध बनाएर लैजाने गृहकार्यमा सरकार लागिपरेको जानकारी दिनुभयो । 


काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँको यातायात व्यवस्थापन गर्न कामपाले साझासँग सहकार्य गरी नयाँ बस सेवा सुरु गरेको बताउनुभयो । उहाँले अबको लक्ष्य काठमाडौँ बाहिरका मुख्य सरहमा सेवा पु¥याउने र त्यसका लागि रु पाँच करोड बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो । कामपाले यसअघि ३० बसमा रु १० करोड सेयर लगानी गरेको थियो । स्मार्ट कार्ड मार्फत यात्रुले सहजै शुल्क तिर्ने व्यवस्था गरिने साझाले जनाएको छ । 

साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दीक्षितले ‘चौडा सडकमा ठूलो बस’ अवधारणाअनुरुप साझाले आफ्नो सेवा विस्तार गरेको बताउँदै सहरी यातायात व्यवस्थापनका लागि नयाँ नीति चाहिने औँल्याउनुभयो । साझाले आजदेखि उपत्यकाका चार मार्गमा सुविधासम्पन्न ३० नयाँ बस शुभारम्भ गरेको हो । साझाका पुराना आठ सहित नयाँ गरी आजदेखि ३८ बस उपत्यकामा सञ्चालन भएका छन् । 

साझाबाटै सिंहदरबार 

साझा यातायातले सुरु गरेका नयाँ बसको उद्घाटनपछि प्रधानमन्त्री दाहाल बा४ख ५६५५ नंको साझाको बस चढेर सिंहदरबारस्थित आफ्नो कार्यालय पुग्नुभयो । उहाँका साथमा भौतिक पूर्वाधार तथा यातायात विकासमन्त्री रमेश लेखक, सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानी लगायत विशिष्ट व्यक्ति हुनुहुन्थ्यो । 

सहरी मापदण्डका अत्याधुनिक सुविधासम्पन्न साझाका बस सञ्चालनमा आएको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले बताउनुभयो । आधुनिक सुविधासम्पन्न साझाको बस अपाङ्गमैत्री छ, त्यसका लागि पछाडिको ढोका ठूलो र ह्विलचेयर सहजै छिराउन मिल्ने सुविधा छ । बसभित्र दुई ह्विलचेयर अट्ने ठाउँ छ । नयाँ बसमा चार सिसिटिभी छन् । मनोरञ्जनका लागि एलइडी टिभी र मोबाइल चार्जरको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल