Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर १२ गते, बिहान ८:५६ बजे
काठमाडौँ - KTM

राप्रपा संसदीय दलका नेतामा थापा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर १२, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलका नेतामा कमल थापालाई चयन गरेको छ । 

सो पार्टीको संसदीय दलको आज बसेको बैठकले दलका उपनेतामा आपूर्तिमन्त्री समेत रहनुभएका दीपक बोहरालाई चयन गरेको छ । संसदीय दलका अन्य पदाधिकारी भने छिट्टै चयन हुने संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले जानकारी दिनुभयो । 

बैठकले सरकारले संविधानका विषयमा आफ्नो दललाई हालसम्म आधिकारिक रुपमा कुनै प्रस्ताव नगरेको र कुन विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल नगरेका कारण आधिकारिक प्रस्ताव आएपछि निर्णय गर्ने बताएको छ । 

सरकारले आधिकारिक रुपमा प्रस्ताव दर्ता गराएपछि संविधान संशोधनका विषयमा आवश्यक निर्णय गरिने प्रमुख सचेतक गिरीले जानकारी दिनुभयो । बैठकले आगामी माघमा हुने पार्टी महाधिवेशन सफल पार्न र सङ्गठन निर्माणलाई गति दिन सबै नेता तथा कार्यकर्ता परिचालन हुने निर्णय समेत गरेको छ । रासस