2026-06-25 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधनको प्रयत्नले संविधान कार्यान्वयनमा सङ्कट: विष्ट

2016-11-28


मङ्सिर १३, पोखरा । नेकपा एमालेका केन्द्रीय कमिटीका सचिव एवम् पूर्वमन्त्री गोकर्ण विष्टले सरकारको संविधान संशोधनको प्रयत्नले संविधान कार्यान्वयनमा सङ्कट उत्पन्न गराउने बताएका छन् ।

प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले कुनै व्यक्तिविशेष र राजनीतिक दलको चाहना र स्वार्थ पूरा गर्ने गरी ल्याइने संशोधनलाई नेपाली जनताले कदापि स्वीकार गर्न नसक्ने धारणा राखे ।

मिलेर बसेका प्रदेश नं ५ का तराई र पहाडी जिल्लालाई संविधान संशोधनबाट छुट्याउने प्रयास गलत छ भन्दै एमाले सचिव विष्टले यस्तो प्रस्ताव त्यस क्षेत्रका जनताले स्वीकार्न नसक्ने चेतावनी दिए ।

स्वाधीनता र अखण्डतामाथि आइपर्ने सङ्कटका अगाडि सत्तापक्ष सांसदहरु पनि उभिनुपर्ने बेला आएकामा जोड दिँदै उहाँले यस्तो गलत प्रयासका लागि एमाले संसदभित्र र बाहिर कडा रुपमा प्रस्तुत हुने बताए ।

प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष रामजी लम्साल र सचिव अर्जुन गिरीले कार्यक्रमका बारेमा बोलेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा