२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली राजनीतिको भूकम्पको केन्द्रविन्दुमा छु: प्रधानमन्त्री

२०७३, १३ मंसिर सोमबार १०:१३

मङ्सिर १३, बनेपा । प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेपाली राजनीतिको भूकम्पको केन्द्रविन्दुमा भएको बताएका छन् । 

आज धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २२औँ दीक्षान्त समारोहमा उहाँले समृद्धिका लागि स्थिर राजनीतिक सरकार आवश्यक रहेको बताए । 

नेपाली समाजमा अहिले पनि शिक्षित, सभ्य र योग्य व्यक्तिको अभाव भएको औँल्याउँदै प्रधानमन्त्री दाहालले समाजको निम्ति उपयोगी काम गर्न महत्वकाङ्क्षी योजना लिएर अघि बढ्न विद्यार्थीलाई आग्रह गरे । 

उनले भने– “तपाईंहरुले हासिल गरेको सीप र क्षमता दुर्गम क्षेत्रमा पीडामा रहेका जनताप्रति समर्पित गर्नुहोस् ।” प्रधानमन्त्री दाहालले दीक्षितबाट सरकारले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै विद्यार्थीको जीवनको नयाँ अध्याय सुरु भएको बताए । भारतको सेन्टर फर पोलिसी रिसर्चका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी प्रा डा प्रताप भानु मेहताले मौलिक अधिकार उपयोगको चुनौती देखिन लागेको बताए । 

काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजु श्रेष्ठले निश्चित योजना बनाएर आफ्ना विशेषताको उपयोग गर्न विद्यार्थीलाई सुझाव दिँदै हरेक चुनौतीको सामना गर्न आत्मबल बलियो बनाउनुपर्नेमा जोड दिए । 

काठमाडौँ विश्वविद्यालयमा स्कुल अफ साइन्सका २४९ जना, स्कुल अफ इन्जिनियरिङका २८२, स्कुल अफ म्यानेजमेन्टका ४६४, स्कुल अफ एजुकेसनका १०३ र स्कुल अफ आर्टस्का १८७ गरी जम्मा कुल एक हजार २८५ जना स्नातक दीक्षित भएका छन् । 

उनीहरूमध्ये अमेरिकाका तीन, भुटानका एक, चीनका दुई, भारतका ११, बङ्गलादेशका तीन, पाकिस्तानका तीन र जर्मनीका दुई गरी सात देशका २५ जना रहेका छन् । 

समारोहमा काठमाडौँ विश्वविद्यालयले चान्सलर स्वर्णपदक स्कुल अफ इन्जिनियरिङका लेखनाथ दाहाल (सिजिपिए ३.९८, मास्टर इन ल्यान्ड एडमिनिस्ट्रेसन) लाई, भाइस चान्सलर स्वर्णपदक स्कुल अफ आर्टस्का गोपाल त्रिताल (सिजिपिए ३.९९३, ब्याचलर अफ डेभलपमेन्ट स्टडिज) लाई, जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टका नीरज घिमिरे (सिजिपिए ३.८५, एमबिए) लाई र रणबहादुर शाह स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टकै रजनी महर्जन (सिजिपिए ३.८०, एमबिए) लाई प्रदान गरिएको थियो । 

हालसम्म यस विश्वविद्यालयबाट स्कुल अफ साइन्सबाट दुई हजार ३४६ जना, स्कुल अफ इन्जिनियरिङबाट दुई हजार ६६४ जना, स्कुल अफ म्यानेजमेन्टबाट चार हजार ५१५, स्कुल अफ एजुकेसनबाट ९०४, स्कुल अफ आर्टस्बाट एक हजार ८६४ र स्कुल अफ मेडिकल साइन्सेजबाट ११ हजार ४७ गरी कुल २३ हजार ३४० जना दीक्षित भएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा