मङ्सिर १३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर"/>

2026-06-25 06:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनमा राप्रपाको पूर्ण समर्थन: राणा

2016-11-28


मङ्सिर १३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय अध्यक्ष राणाले मधेशको मुद्दा सम्बोधन गर्नको लागि पनि संविधान संशोधन अनिवार्य भएको उल्लेख गर्दै सरकारले ल्याउन लागेको संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताएका हुन् । उनले संशोधन प्रस्तावमा धेरै भन्दा धेरै दलहरुको सहमति जुटाउनको लागि केही ढिलाई भएपनि प्रस्ताव चाँडै दर्ता हुने विश्वास व्यक्त गरे ।

आयोजित साक्षात्कारमा राष्ट्रिय अध्यक्ष राणाले ४ वटा महत्वपूर्ण विषयमा संशोधन हुन गैरहेको उल्लेख गरे । उनका अनुसार प्रदेशको सिमांकनमा सहमतिको आधारमा संशोधन गर्ने, भाषाको विवाद समाधानको लागि अहिलेभन्दा केही फराकिलो बनाउने, माथिल्लो सदनमा जनसंख्याको आधारमा र नागरिकताको सवालमा अंगीकृतलाई संवैधानिक पदबाहेक अरुमा स्थान दिने गरी संशोधनको तयारी भैरहेको छ ।

उनले आफ्नो पार्टीले हिन्दूराष्ट्रको लागि जनमतसंग्रह गर्नुपर्छ भन्ने माग अघि सारिरहेको भएपनि अहिलेको संविधान संशोधनमा यो विषयमा कुनै कुरा नहुने स्पष्ट पारे ।

उनले थपे,‘अहिले हामी संसदमा थोरै संख्यामा छौं, पास नहुने संशोधन हामी हाल्दैनौं, हिन्दुत्वको लागि हामी जनमतसंग्रहको लागि संघर्ष गरिरहेका छौं, यसको पक्षमा व्यापक जनमत बनिरहेको छ ।’ राणाले हिन्दुराष्ट्रको पक्षमा ठूला पार्टीमा पनि व्यापक बहस भैरहेको जिकिर गरे ।

राष्ट्रिय अध्यक्ष राणाले अहिले राप्रपा सरकारमा भएकोले राप्रपा नेपालसँगको एकतापछि आफ्नो पार्टीको संख्या वृद्धि भएकोले सरकारमा रहेको पार्टीको प्रतिनिधित्व केही फराकिलो हुने दाबी गरे ।

संविधान संशोधनमा राप्रपाको सहयोग जुटाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालले केन्द्रिय अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री दिने हल्ला चलिरहेको छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले थपे,‘यो विषयमा मलाई कुनै ठोस जानकारी छैन, उहाँहरुवीच के–के कुरा भयो ? मलाई थाहा छैन ।’

राणाले राप्रपा र राप्रपा नेपालवीचको एकतासँगै राप्रपा अब मुलुकको सशक्त शक्ति हुने समेत दाबी गरे । उनले आउने चुनावसम्म राप्रपाले आफ्नो वर्चस्व कायम गर्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ