Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर १३ गते, दिउँसो १:२३ बजे
काठमाडौँ - KTM

मधुगुरुको निधनमा एमालेद्वारा दुखः व्यक्त

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १३, काठमाडौँ । नेकपा (एमाले)ले नेकपा(माक्र्सवादी)का अध्यक्ष माधव ज्ञवालीको निधनप्रति दुःख व्यक्त गरेको छ । 

एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले आज विज्ञप्ति जारी गरी वामपन्थी आन्दोलनका लोकप्रिय नेता ‘मधुगुरु’को निधनबाट आन्दोलनलाई क्षति पुगेको उल्लेख गर्नुभएको छ । 

विसं २०१३ देखि नेकपामा सङ्गठित भई जीवनका ६० वर्ष वामपन्थी आन्दोलनमा समर्पित गर्नुभएका ज्ञवालीको ८२ वर्षका उमेरमा गत शनिबार निधन भएको थियो । रासस