2026-06-25 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनको अन्तिम तयारी भइरहेको छ: प्रधानमन्त्री

2016-11-29

मङ्सिर १४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको अन्तिम तयारी भइरहेको  बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको नेकपा माओवादी केन्द्रको पोलिटब्युरोको बैठकलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष दाहालले सकेसम्म आजै मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव पारित गर्ने जानकारी दिए । प्रधानमन्त्रीले भने– “संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने र सबै पक्षलाई मिलाएर संविधानको सर्वस्वीकार्यता बढाउनेतर्फ सरकार लागिपरेको छ ।’’ 

बैठकमा उनले संविधान संशोधनबारे दलबीच हालसम्म भएको प्रयास र छलफलका बारेमा समेत पोलिटब्युरो सदस्यलाई जानकारी गराएको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

प्रधानमन्त्री दाहालले मुलुकलाई लामो समयसम्म अड्काएर राख्न नसकिने भन्दै छिट्टै निकास दिने बताएका थिए । बैठकका निर्णयबारे जानकारी दिँदै नेता सापकोटाले भने– “आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षले संविधान संशोधनकै विषयमा भएका प्रगतिबारे जानकारी गराए । सोमबार राष्ट्रपतिसँगको छलफलले सकारात्मक वातावरण बनेको छ । बैठकले संविधान संशोधनबारे राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने निर्णयसमेत गरेको छ ।” 

मुलुकलाई अप्ठ्यारोमा पार्ने र संविधान कार्यान्वयन हुन नदिने प्रवृत्तिका विरुद्ध पार्टीले एक मतले प्रतिवाद गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले सरकारमा रहेका सहयात्री दलसँग पनि औपचारिक तथा अनौपचारिक छलफल भएको जानकारी गराएका थियो । 

बैठकमा धारणा राख्ने पोलिटब्युरो सदस्यले पार्टी सङ्गठन सुदृढीकरणमा ध्यान दिनुपर्ने, जनस्तरसम्म पार्टीलाई विस्तार गर्नुपर्ने र त्यसका लागि तीनमहिने कार्ययोजना बनाउनुपर्ने बताएका थिए । बैठकमा अध्यक्ष दाहालले पेस गर्नुभएको संविधान संशोधन, तीनमहिने पार्टी कार्ययोजनालगायत विषयमा छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिईन । बैठक बुधबार पुनः बस्नेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा