मंसिर १५, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले सरकारले संसदमा दर्ता गरेको संविधान संसोधनको विधयक भारतीय विस्तारबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १५, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले सरकारले संसदमा दर्ता गरेको संविधान संसोधनको विधयक भारतीय विस्तारबा"/>
2026-06-25 05:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संसोधन भारतीय विस्तारबादीको इसारमा: केसी

2016-11-30

मंसिर १५, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले सरकारले संसदमा दर्ता गरेको संविधान संसोधनको विधयक भारतीय विस्तारबादीको इसारमा दर्ता भएको बताएका छन् । 

संवाद क्लव नेपालले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै केसीले तराइलाई पहाडबाट अलग गर्ने र अन्तत सिकिमीकरण गर्ने उद्देश्य अनुरुप केपी ओली सरकार विस्तापित गरेर भारतले भनेको एजेण्डा लागु गर्ने सर्तमा देउवा र प्रचण्डको समिकरण भारतले नै मिलाएको बताए । 

वहुराष्ट्रबादको नाममा देशलाई टुक्राएर सिकिमीकरण गर्नका लागि भारतले नयाँ लेण्डुव दोर्जेहरु खोजिरहेको भन्दै उनले संघियता नै देशको लागि क्यानसर भएको आरोप लगाए । मद्येशी दलहरु नेपाललाई सिकिमिकरण गर्न भारतको खेताला मात्रै भएको बताउँदै केसीले सरकारले दर्ता गराएको संविधान संसोधनको प्रस्ताव पारीत हुन नदिन सम्पुर्ण राष्ट्रबादी शक्तिहरु एक जुट हुनु पर्ने बताए ।

नेकपा एमालेले पनि महाकाली संधीमा गरेको जस्तो गल्ती नदोहोर्याउने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय जनमोर्जाले पनि संघियताको विपक्षमा संसोधन प्रस्ताव दर्ता गर्ने जानकारी दिए । कुनै पनि हालतमा सरकारले ल्याएको प्रस्ताव पारीत हुन दिन नहुने भन्दै उनले आमालाई पोइल पठाएर जारी लिन तयार हुने सांसदहरुले मात्रै सरकारले ल्याएको संसोधनको प्रस्तावको पक्षमा मतदान गर्ने बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल