मङ्सिर १९, काठमाडौं । माओवादी केन्द्रका संसदीय दलका उप नेता नेता टोब बहादुर रायमाझिले सरकारले संदनमा दर्ता गराएको संबिधान संशोधन विधेयकलाई फिर्ता लिएर निर्वाचनमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १९, काठमाडौं । माओवादी केन्द्रका संसदीय दलका उप नेता नेता टोब बहादुर रायमाझिले सरकारले संदनमा दर्ता गराएको संबिधान संशोधन विधेयकलाई फिर्ता लिएर निर्वाचनमा"/>
2026-06-25 05:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डले संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ, नत्र मुडभेट हुन्छ: रायमाझि

2016-12-04

मङ्सिर १९, काठमाडौं । माओवादी केन्द्रका संसदीय दलका उप नेता नेता टोब बहादुर रायमाझिले सरकारले संदनमा दर्ता गराएको संबिधान संशोधन विधेयकलाई फिर्ता लिएर निर्वाचनमा जानको लागि आग्रह गरेका छन् ।

आईतबार रिपार्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता रायमाझिले संबिधान संशोधनको प्रस्तावले देशलाई विखण्डनमा लैजाने, दन्द्ध बढाउने, गतिहिनता तिर लैजाने र दलहरूको बिचमा अन्तर विरोध बढाउने र संसदबाट पारित हुने कुनै पनि सम्भावना नरहेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्तावलाई तत्काल फिर्ता लिएर देशमा निम्तिन लागेको मुडभेटलाई रोक्नुको विकल्प नरहेको बताए ।

नेता रायमाझिले भने,‘राष्ट्रिय सहमति नगरि सरकारले जुन किसिमले संविधान संशोधन प्रस्ताव ल्यायो यो प्रक्रिया गलत थियोे, मैले प्रधानमन्त्रीलाई भनेको थिए, राष्ट्रिय सहमति हुन्छ भने यो प्रस्ताव अघि सारौ नभए यसले हामीलाई असफल घोसित गरि दिन्छ ।’

उनले अघि थपे,‘अर्को विडम्बना आन्दोलन जुन ठाउँमा भएको थियो त्यो ठाउँको लागि संशोधन नल्याएर कुनै पनि विवाध नभएको अर्थात प्रदेश नं. ५ लाई संशोधनको मुल मुद्धा बनाएर प्रस्तावलाई जोड्दा यो अस्थिर स्थिति आईलागेको हो, सरकारले प्रस्तावलाई प्रस्तावकै रुपमा मात्रै ल्याएको र मधेशका मुद्धामाथि न्याए भयो भने केही छैन्, अन्तत जे भए पनि यो प्रस्ताव कुनै पनि हालतमा सफल हुँदैन, जनता देखि हामी जन प्रतिनिधिसम्म यस प्रस्तावको बिपक्षमा छौ ।’

संविधान संशोधन प्रस्ताव पारित हुने कुनै सिन सम्भावना नरहेको बताउदै उनले भने,‘ यो प्रस्ताव पारित गराउने दुई तिहाई पुग्दैन, यदि यो प्रस्ताव संसदमा गयो भने म यस प्रस्तावको विपक्षमा मतदान गर्छु, माओवादी काग्रेसकै कतिपय सांसदहरूले साथ दिदैनन्, पाँच नं प्रदेशका कुनैपनि जनप्रतिनिधिले मतदान गर्दैनन् ।’

प्रदेश नं. पाँचमा हाल चलिरहेको आन्दोलन र उत्पन्न जटिलता अनि संशोधन प्रस्तावको बारेमा बोल्ने क्रममा नेता रायमाझिले ईतिहासमै पहिलो र नयाँ रुपको आन्दोलन भएको भन्दै, यो आन्दोलनलाई कुनै राजनीतिक दल र विषेश नेताको स्वार्थसँग नजोड्न सबैलाई आग्रह गरे ।

उनले अघि थपे भने,‘पाँच नं. प्रदेशलाई टुक्राउने हो भने अरु प्रदेशले पनि आवाज उठाउँने छन्, झनै बिवाद बढ्ने छ, त्यसैले सरकार यसमा गम्भिर हुन सक्नुपर्छ, लाखौ जनता नेपालको झण्डा बोकेर आन्दोलनमा उत्रेका छन्, जनताको भावना विपरित जान कसैलाई पनि अधिकार छैन्, त्यहाका जनता सबै पेशा व्यवसाय बन्द गरेर अखण्ड प्रदेशको लागि सडकमा आएका छन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने