मङ्सिर २४, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आधा जनसङ्ख्या बसोबास गर्ने मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुन नसक्ने बताउनुभएको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २४, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आधा जनसङ्ख्या बसोबास गर्ने मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुन नसक्ने बताउनुभएको छ । <"/>
2026-06-25 05:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुँदैन’

मङ्सिर २४, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आधा जनसङ्ख्या बसोबास गर्ने मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुन नसक्ने बताउनुभएको छ । 

नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) को विधान अधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले प्रमुख प्रतिपक्षी दल मधेस र पहाडका नाममा विभाजनको राजनीति गर्ने खेलमा लागेको आरोप लगाउनुभयो । 

“५ नम्बर प्रदेशको संशोधनका लागि संसद्मा दर्ता गरिएको प्रस्तावमा यसअघि पूर्वप्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर छ तर अहिले राष्ट्रियताका नाममा विरोध गरी विभाजनको राजनीति गर्न खोजिएको छ”– पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो । 

कर्मचारीलाई स्वतन्त्र रुपमा जनताको काम गर्ने वातावरण सबै दलले बनाइदिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान कार्यान्वयन नभए मुलुक अन्योलतिर धकेलिने भएकाले कार्यान्वयनका लागि सबै दल एक जुट हुनुपर्ने विचार राख्नुभयो । “काँग्रेसले बोकेको विचार नेपालको भविष्य बनाउने मार्गचित्र भएकाले कसैले आक्रमण गर्दैमा दल कमजोर हुँदैन, दल बिपीको पदचिह्नमा हिँडेको छ”– उहाँले भन्नुभयो । 

नेपाल तरुण दलका नवनिर्वाचित अध्यक्ष जितजङ्ग बस्नेतले भ्रष्टाचार, गुन्डागर्दी र चन्दा आतङ्कका विरुद्ध सङ्गठनले देशव्यापी अभियान चलाउने जानकारी गराउनुभयो । 

कार्यक्रममा युनियनका अध्यक्ष सुबोधकुमार देवकोटा, महासचिव जितबहादुर मडै, पूर्वअध्यक्ष भानुभक्त ढकाल र नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले संविधानको प्रदेशस्तरीय संरचनाअनुरुप विधान पारित गरिनुपर्नेमा जोड दिनुभयो । 

युनियनका १२७ सदस्यीय कार्यसमिति एवम् केन्द्रीय समितिका पदाधिकारी र सदस्य गरी ४५० प्रतिनिधिले दुईदिने अधिवेशनमार्फत विधान पारित गर्ने कार्यक्रम छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ