मङ्सिर २६, काठमाडौँ । नेपाल राजपत्र प्रकाशन भएको २४ घन्टाभित्र वेबसाइटमा राख्ने कामको शुभारम्भ भएको छ । 

मुद्रण विभागले आज यहाँ आयोजना गरेको कार्यक्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २६, काठमाडौँ । नेपाल राजपत्र प्रकाशन भएको २४ घन्टाभित्र वेबसाइटमा राख्ने कामको शुभारम्भ भएको छ । 

मुद्रण विभागले आज यहाँ आयोजना गरेको कार्यक्रम"/>

2026-06-25 05:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल राजपत्र २४ घन्टाभित्र वेबसाइटमा

मङ्सिर २६, काठमाडौँ । नेपाल राजपत्र प्रकाशन भएको २४ घन्टाभित्र वेबसाइटमा राख्ने कामको शुभारम्भ भएको छ । 

मुद्रण विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाल राजपत्र वेबसाइटमा राख्दै छपाइ यन्त्र ल्याएर नोट र टिकट नेपालमै छाप्ने व्यवस्था मिलाउने तयारीमा मन्त्रालय लागेको उहाँले जानकारी गराउनुभयो । “विसं १७७० देखि १८७६ सम्मको युद्धले नेपालको अर्थतन्त्रलाई ध्वस्त बनायो, यो समयसम्म नेपालको मुद्रा भारतको भन्दा माथि थियो, त्यसअघि यहाँ पाइने धातु युरोपको भन्दा राम्रो थियो, युद्धले भ्रष्टाचारभन्दा पनि छिटो गतिमा अर्थतन्त्रलाई बिगार्छ”, उहाँले भन्नुभयो । 

सूचना र सञ्चारका माध्यममार्फत कुनै पनि तथ्यलाई छिटो जानकारी गराएर डिजिटल नेपाल बनाउने अभियानमा सहयोगका लागि पहल गर्ने मन्त्री कार्कीको भनाइ थियो । 

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सुरक्षण मुद्रणका रुपमा विभागलाई स्तरोन्नति गरी रु दुई अर्ब वार्षिक बिदेसिनबाट बचत गर्न सकिने बताउनुभयो । “मुद्रणको परम्परागत प्रणालीमा सुधार गरेर सुरक्षण मुद्रणमा स्तरोन्नति गरी अर्थतन्त्रमा उपलब्धि गर्न सकिन्छ, विभागले व्यावसायिक बन्न प्रतिस्पर्धामा जानुपर्छ”–उहाँले भन्नुभयो । राजपत्रलाई प्रकाशन भएको १२ घन्टामै वेबसाइटमा राख्न पहल गरिनुपर्ने सचिव थपलियाले बताउनुभयो । 

विभागका महानिर्देशक शङ्कर अर्यालले विभागको स्तरोन्नति एवम् सुधारका लागि मन्त्रालयले स्रोतसाधनसहित ठोस निर्णय गरिदिनुपर्ने बताउनुभयो । विसं २००८ देखि प्रकाशन सुरु भएको नेपाल राजपत्रलाई आजैदेखि प्रकाशन भएको २४ घन्टामै वेबसाइटमा राख्न थालिएको छ । (साथमा तस्बिर र श्रव्य सामग्री उपलब्ध छ) रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ