Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर २७ गते, बिहान ८:०२ बजे
काठमाडौँ - KTM

रेखा थापा राप्रपामा प्रवेश

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २७, काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापा सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेकी छन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई पार्टी अध्यक्ष कमल थापाले टीका लगाएर पार्टी प्रवेश गराएका हुन्। रेखासँगै उनकी आमा सरस्वती थापा पनि राप्रपा प्रवेश गरेकी छन्।

थापा २०७० साल जेठ ४ गते एमाले नेतृ उर्मिला अर्यालसहित तत्कालिन एमाओवादीमा प्रवेश गरेकी थिइन्। उनले राप्रपा नै उनको पहिलो र अन्तिम पार्टी रहने बताइन् ।