Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ माघ १३ गते, बिहान ७:३४ बजे
काठमाडौँ - KTM

स्थानीय तहको निर्वाचनपछि संविधान संशोधन: कोइराला

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १३, चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधन प्रस्तावको टुङ्गो लाग्ने बताएका छन् । 

नेपाल प्रेस युनियन चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न ढिलाइ भएकाले संविधान संशोधन प्रस्तावमाथि नअल्मलिई यथाशक्य चाँडो निर्वाचनको मिति घोषणा गर्नुपर्ने विचार व्यक्त गरे । 

दलीय सहमति गरेर छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने उनको भनाइ थियो । नयाँ संरचनामा निर्वाचन गर्दा समय लाग्ने भएकाले अहिलेकै अवस्थामा स्थानीय तहको निर्वाचन गर्नुपर्ने पनि महामन्त्री कोइरालाले बताए । 

स्थानीय तह र प्रदेशको निर्वाचन गर्दा दुई/तीन महिना समय रहने भन्दै उनले सोही समयमा संविधान संशोधन प्रस्तावको टुङ्गो लगाउनु पर्ने बताए । राजनीतिक दृढता हुन सके मात्र आउँदो माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्न सकिने भन्दै उहाँले समय थप गर्न नहुने उल्लेख गरे । 

नेपाली काँग्रेससँग भएको सहमतिअनुरुप प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार स्थानीय तहको निर्वाचनसम्म रहने महामन्त्री कोइरालाले बताए ।