Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ माघ १७ गते, बिहान ८:३८ बजे
काठमाडौँ - KTM

लेखा समिति सभापतिमा उपाध्याय विजयी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १७, काठमाडौँ । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा(माओवादी केन्द्र)का सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । 

समितिको सभापति चयका लागि आज भएको निर्वाचनमा उपाध्यायले २३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का सांसद पशुपति चौलागाईले १६ मत प्राप्त गरे । नौ जना सांसद भने अनुपस्थित भएका थिए । 

समितिमा आवद्ध रहनु भएका ५० सांसदहरुमध्ये जेष्ठ सदस्य रहनु भएका सांसद सवेन्द्रनाथ शुक्लले मतदान गर्न नपाउने व्यवस्थाअनुसार कुल मतदाता ४९ थियो । 

तत्कालीन सभापति जनार्दन शर्मा ऊर्जा मन्त्री भएपछि ६ महिनादेखि समितिको सभापति पद खाली रहेको थियो । 

सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र)लगायतका दलले संयुक्त उम्मेदवारको रुपमा उपाध्यायलाई अगाडि सारेको थियो । नवनिर्वाचित सभापतिलाई बधाइ दिन मङ्गलबार बिहान ११.०० बजे समितिको बैठक राखिएको जेष्ठ सदस्य शुक्लले जानकारी दिए । 

उपाध्याय नेकपा(माओवादी केन्द्र)का तर्फबाट तत्कालीन संविधानसभामा समानुपातिक तर्फबाट सांसद बनेका हुन् ।