पढ्न करिब 1 मिनेट लाग्छ
![]()
![]()
प्रेस चौतारी नेपालको १९औँ स्थापना दिवसका सन्दर्भमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो – “संविधान संशोधन मुलुकको आवश्यकता होइन, यो हठातमा ल्याइएको राजनीतिक चालबाजी मात्र हो ।”
सचिव भट्टराईले संविधान निर्माणपछि मुलुक राजनीतिक धु्रवीकरणमा जानु राम्रो सङ्केत नभएको बताउँदै संविधान कार्यान्वयन गर्न सकिए धु्रवीकरण पनि स्वतः अन्त्य हुन्छ भन्नुभयो ।
चौतारीका बाँके जिल्ला अध्यक्ष, हेमन्त विकको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापा, प्रचार विभाग सचिव विष्णु रिजाल र चौतारीका केन्द्रीय सदस्य भेषराज बस्नेतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस















