माघ १९, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले एक/दुईभित्रै निर्वाचन आयोगलाई चुनावको तयारी गर्न सरकारले पत्र पठाउने स्पष्ट पारेका छन् ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १९, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले एक/दुईभित्रै निर्वाचन आयोगलाई चुनावको तयारी गर्न सरकारले पत्र पठाउने स्पष्ट पारेका छन् ।

"/>

2026-06-26 05:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘चुनावको लागि सरकारले आयोगलाई एक/दुईभित्रै निर्देशन दिन्छ’

2017-02-01

माघ १९, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले एक/दुईभित्रै निर्वाचन आयोगलाई चुनावको तयारी गर्न सरकारले पत्र पठाउने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री लेखकले भने,‘सरकार निर्वाचनको वातावरण बनाउन गम्भिर रुपमा लागिपरिरहेको छ, कानूनी प्रवन्ध मिलाउन ऐन तथा कानूनहरु संसदबाट कतिपय पारित भैसकेका छन्, भने कतिपय पारित हुने क्रममा छन्, निर्वाचन आयोगलाई सरकारले केही दिनभित्रै औपचारिक रुपमै तयारीको आग्रह गर्छ ।’

मन्त्री लेखकले निर्वाचनको लागि राजनीतिक वातावरण बनाउनुपर्ने भएकोले सरकारले अहिले त्यसको लागि पनि विशेष पहलकदमी लिईरहेको जनाए ।

उनले भने,‘सबै राजनीतिक दलहरुसँग सरकारले परामर्श गरिरहेको छ, वातावरण बनाउने कुरामा हामी गम्भिर छौं ।’उनले संविधान कार्यान्वयनको लागि पनि निर्धारित मितिभित्रै तीन वटै तहको निर्वाचन गर्नुपर्ने आवश्यकत्ता औंल्याउँदै त्यसको लागि संविधान संशोधनमार्फत सबैलाई संविधानको स्विकार्यता बढाउनुपर्ने भएकोले सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गरेको जिकिर गरे ।

उनले अघि भने,‘यो संविधान मेरोपनि संविधान हो भनेर सबैको अपनत्व महशुस गराउनको लागि नै संशोधन प्रस्ताव ल्याईएको हो, यो प्रस्ताव पास गर्ने वा छलफल गर्ने कि नगर्ने भन्नेबारेमा सम्पूर्ण अधिकार व्यवस्थापिका–संसदलाई हुन्छ ।’

मन्त्री लेखकले विद्येयक संसदमा छलफल गरेर पारित गर्नुपर्ने समेत धारणा राखे । उनले भने,‘संशोधन विद्येयकमा उल्लेख गरिएका विषयहरु पहिल्यै नै सहमति भएका विषयहरु हुन्, यसलाई पारित गराउनको लागि वा निश्कर्षमा पुर्याउनको लागि हामी लागिपरिरहेका छौं ।’

त्यस्तै उनले मेलम्ची खानेपानी परियोजनाको काम भैरहेकोले काठमाडौं उपत्यका लगायत अन्य ठाउँमा सडक समस्या देखा परेको स्विकार गर्दै भने,‘मेलम्चीको खानेपानी ल्याउनको लागि अहिले बाटोहरु खनिएका छन्, त्यसैले केही समस्याहरु देखा परेका छन्, यसमा हामी निकै चिन्तित छौं कि सर्वसाधारणहरुलाई ठूलो समस्या परेको छ, तर प्राविधिक विषय भएकोले यसलाई हल गर्न थोरै ढिलाई भएको हो, तर हामी गम्भिर भएर लागेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ