Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ माघ २० गते, बिहान ६:४३ बजे
काठमाडौँ - KTM

माओवादी केन्द्र निकट पर्यटन व्यवसायी एकीकृत हुदै

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २०, काठमाडौँ । विभिन्न कालखण्डमा टुक्रिएका नेकपा (माओवादी केन्द्र) निकट पर्यटन व्यवसायी सङ्गठनबीच एकता हुने भएको छ । 

ती सङ्गठनले भोलि शुक्रबार एकता भेला गरी पर्यटन प्रवद्र्धनका लागि नयाँ कार्ययोजना ल्याउने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । 

व्यवसायीको एकतासँगै पर्यटन क्षेत्रको सुदृढीकरण र प्रवद्र्धनका लागि रणनीतिक कार्यक्रमका साथ अघि बढ्ने माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी सङ्गठनका महाधिवेशन आयोजक समिति संयोजक नवराज दाहालले बताउनुभयो । 

उहाँले माओवादी केन्द्र निकट व्यवसायीहरु विभाजित हुँदा सशक्त ढङ्गले अगाडि बढ्न नसकिएको भन्दै अब सङ्गठन पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न केन्द्रित हुने बताउनुभयो । 

आगामी तीन महिनाभित्र महाधिवेशन आयोजना गर्ने गरी अहिले संयोजक मात्र तोकिएको केन्द्र निकट व्यवसायी बोधराज भण्डारीले बताउनुभयो । 

विभाजित माओवादी एक भएसँगै विभिन्न भ्रातृ सङ्गठन र शुभेच्छुक संस्थाहरु पनि एकीकृत भएका हुन् । यसअघिका केन्द्र निकटका व्यवसायी संस्थाहरु एकीकृत पर्यटन व्यवसायी सङ्गठन (युटिन), नेपाल पर्यटन व्यवसायी मञ्च र वैद्य माओवादी निकट व्यवसायीबीच एकता हुन लागेको बताइएको छ । रासस