2026-06-26 05:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान कार्यान्वयन गर्न निर्वाचन अपरिहार्य: नेका शीर्षनेता

2017-02-03

माघ २१, काठमाडौँ । नेपाली काँग्रेसका शीर्षनेताहरुले संविधान कार्यान्वयन गर्न निर्वाचन अपरिहार्य भएको हुँदा स्थानीय निकायको निर्वाचनमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको छ । 

उहाँहरुले एकै स्वरमा भन्नुभयो – “तत्कालीन पार्टी सभापति सुशील कोइरालाको कुशल नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी नेकाको नै हो, निर्वाचनबाट नै संविधान कार्यान्वयनको सुरुवात हुन्छ ।” 

नेकाको भ्रातृ सङ्गठन नेपाल ट्रेड युनियन काँग्रेसको दुई दिने राष्ट्रिय परिषद् बैठकलाई आज यहाँ सम्बोधन गर्ने क्रममा शीर्षनेताहरुले जनताले दोस्रो संविधानसभाको निर्वाचनमा मत दिए जस्तै स्थानीय निर्वाचनमा पनि नेकालाई मत दिने विश्वास समेत व्यक्त गर्नुभयो । 

उहाँहरुले व्यवस्थापिका–संसद्बाट स्थानीय निर्वाचनका लागि आवश्यक विधेयक पारित भइसकेको र निर्वाचन आयोगले पूर्णता पाएको सन्दर्भमा स्थानीय निर्वाचनको मिति जुनसुकै समयमा घोषणा हुनसक्ने बताउनुभयो । 

नेकाका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बरु, एक वर्षभित्र तीनवटा निर्वाचन सम्पन्न गर्नुपर्ने चुनौती रहेको बताउनुभयो । 

“निर्वाचनमा जान काँग्रेस अवस्थामा छ, संविधान कार्यान्वयनका लागि काँग्रेस जुनसुकै मूल्य चुकाउन तयार छ,” उहाँले भन्नुभयो । 

स्थानीय निकायको निर्वाचनमा जित्ने व्यक्तिलाई मात्र टिकट दिइने पनि उहाँले खुलासा गर्नुभयो । श्रम आयोग श्रम ऐन संशोधन गरी पनि गठन गर्न सकिने उहाँको भनाइ थियो । वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान सबै राजनीतिक दलको सम्झौताबाट आएको हुँदा मजदुरले उठान गरेका सबै माग समेट्न नसकिएको स्पष्ट पार्दै श्रम ऐन संशोधनबाट श्रमिकका माग पूरा गर्न सकिने बताउनुभयो । 

“उद्योग स्थापना नभई मजदुरले काम पाउँदैनन्, मजदुर नभई उद्योग पनि चल्न सक्दैनन्, यस्तो अवस्थामा उद्योग र मजदुरका आपसी समन्वयबाट मात्र श्रमिक हक स्थापित हुन्छ,” उहाँले भन्नुभयो । 

महामन्त्री डा शशाङ्क कोइरालाले संविधान कार्यान्वयन गर्न एक वर्षभित्रमा तीनवटा निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारीलाई पूरा गर्न नेका तयार रहेको बताउनुभयो । उहाँले तत्कालीन पार्टी सभापति विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको समयमा पूर्वाधार विकासले तीव्रता पाई देशले कोल्टे फेरेको चर्चा गर्नुभयो । 

कोषाध्यक्ष सीतादेवी यादवले सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न आन्तरिक तयारी गरिरहेको हुँदा निर्वाचनमा तयारी जुट्न आग्रह गर्नुभयो । नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले दुईदिने बैठकमा श्रमिकका हकअधिकारका बारेमा छलफल हुने जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ