Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ माघ २१ गते, बिहान १०:२७ बजे
काठमाडौँ - KTM

देशभर राप्रपाको क्षेत्रीय अधिवेशन सुरु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २१, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको देशका २४० निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन सुरु भएको छ । 

पार्टीको आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि प्रत्येक क्षेत्रबाट प्रतिनिधि छनोट गर्ने उद्देश्यले सो अधिवेशन देशभर एकै दिन गर्न लागिएको हो । 

पार्टीका अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय नेतृत्व सम्बन्धित निर्वाचन क्षेत्रमा अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ । 

महाधिवेशनमा सहभागी हुनका लागि पार्टीका स्थानीय तहदेखि नै निर्वाचित भएर आउनुपर्ने व्यवस्था भएअनुसार वडा, गाउँ, नगरबाट निर्वाचित भएर आएका नेता सम्बन्धित निर्वाचन क्षेत्रबाट समेत प्रतिनिधित्व गरी आउने छन् । 

राजनीतिक रुपमा समझदारी कायम भएका स्थानमा सर्वसम्मत तथा विवाद भएका स्थानमा निर्वाचनका माध्यमबाट प्रतिनिधि छानिने छन् । 

सो अधिवेशनमा प्रत्येक निर्वाचन क्षेत्रबाट नौ जनाको प्रतिनिधित्व रहने हुँदा समग्रमा दुई हजार १६० जना छनोट हुने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार क्षेत्रीय अधिवेशनमा छनोट हुनका लागि केन्द्रीय अध्यक्ष कमल थापा मकवानपुर, राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी नुवाकोट र पूर्व अध्यक्ष पशुपति शम्शेर राणा सिन्धुपाल्चोकमा भइरहेको अधिवेशनमा सहभागी हुनुभएको छ । रासस