पढ्न करिब 1 मिनेट लाग्छ


दोस्रो संविधान सभाको चुनावमा तिवारी नवलपरासी क्षेत्र नम्बर ४ मा नेता कण्डेल बिरुद्धनै बागी उम्मेदवारी दिएका थिए भने राधेश्याम पाठकले निर्वाचन क्षेत्र नम्बर ५ मा बागि उम्मेदवारी दिएका थिए ।
अहिले तिवारी र पाठक गल्ती स्विकार गरी पार्टिमा दृढताका साथ काम गर्न आग्रह गरेकाले उनिहरुको कारवाही फुकुवाको लागि नेपाली कांग्रेस जिल्ला कार्य समितिले सिफरिस गरेको उँहाले जानकारी दिनुभयो । कांग्रेसको हिजोवाट सुरु भएको केन्द्रिय कार्य समितिको बैठकमा आफनो धारणा राख्ने क्रममा नेता कण्डेलले मधेसी मोर्चाले उठाएको मांगको सम्बोधनका लागि कांग्रेसले अझै बलका साथ अगाडि बढ्नु पर्ने आवश्यकता औंल्याउनु भएको छ ।
नेता कण्डेलले कार्यपालिका र न्यापालिका बिच को सम्बन्ध, स्थानीय निकाय को सीमान्कन मा भएको धाधली, गाउँपालिका/नगरपालिकाको उम्मेदवारको मापदण्ड, पदाधिकारीको पुर्णता, भारतीय सिमामा भारतीय रुपैयाको सटही सुबिधा, चर्को ब्याज र राष्ट्र बैंकबाट बैंक लगानीमा लगाईएको नियन्त्रण लगायतका बिषयमा आफनो धारणा राख्नु भएको थियो ।












