Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत १५ गते, साँझ ८:३८ बजे
काठमाडौँ - KTM

आर आर क्याम्पसमा अनेरास्ववियुको पुरै प्यानल बिजयी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १६, काठमाडौँ | काठमाडौँ स्थित रत्नराज्य लक्ष्मी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्वबियु बिजयी बनेको छ । मध्यराती घोषणा भएको मत गणना अनुसार अनेरास्ववियुका तर्फबाट अध्यक्षका उम्मेदवार तपेन्द्र बहादुर शाही बिजयी भएका हुन् ।

बिजेता शाहीले ६९९ मत प्राप्त गरेका छन् । निर्वाचनमा अनेरास्ववियुको पुरै प्यानल नै विजय भएको छ ।

करिव ३ हजार ५ सय भन्दा बढी मतदाता भएपनि जम्मा १ हजार २ सय ७६ मत खसेको आर आरमा नेविसंघ दोस्रो भएको छ भने अनेरास्ववियु क्रान्तिकारी केन्द्र तेश्रो भएको छ ।

समानुपातिक तर्फको मत गणना अनुसार अनेरास्ववियुले ७ सय ७७ मत प्राप्त गरेको छ । 

मंगलबार सम्पन्न निर्वाचनमा अनेरास्ववियुबाट तपेन्द्रबहादुर शाही, नेविसंघबाट उत्तम साउद र क्रान्तिकारीबाट ध्रुवराज वाग्लेको समूह निर्वाचनको मैदानमा थिए । 

यस अघि दुई पटकसम्म आरआरमा स्ववियु निर्वाचन स्थगित भएपछी चैत २ गते सर्वोच्च अदालतले तत्काल निर्वाचन गर्न आदेश दिएको थियो । त्यसै अनुरुप मंगलबार निर्वाचन गरिएको हो ।