चैत १६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन सम्बन्धले नयाँ गति र आयाम थपेको बताउनुभएको छ । 

मित्र राष्ट्र चीन भ्रमण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन सम्बन्धले नयाँ गति र आयाम थपेको बताउनुभएको छ । 

मित्र राष्ट्र चीन भ्रमण"/>

2026-06-28 03:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपियो: प्रधानमन्त्री

2017-03-29


चैत १६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन सम्बन्धले नयाँ गति र आयाम थपेको बताउनुभएको छ । 

मित्र राष्ट्र चीन भ्रमण सकेर आज नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चीन भ्रमणका अवरमा भएका उच्चस्तरीय भेटघाट र छलफलबाट आपसी विश्वास र समझदारी थप सुदृढ भएको बताउनुभयो । भ्रमणको मुख्य उद्देश्य दुई मुलुकबीचको उच्चस्तरीय तहमा विश्वासको वातावरण तय गर्नुरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने र देशको समग्र विकासका लागि सहयोग समर्थन जुटाउन भ्रमण सफल भएको छ भन्नुभयो । 

उहाँले चीनको हाइनान प्रान्तमा बोआओ एसिया मञ्चमा आफूले विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका सम्बन्धमा अतिकम विकसित तथा भूपरिवेष्टित साना देशको चासो र अपेक्षा स्पष्ट रुपमा राख्ने अवसर प्राप्त भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “यस भ्रमणबाट भौतिक पूर्वाधार, पर्यटन, ऊर्जाका विषयमा थप सहयोग र सहकार्य बढाउने आधारशीला तयार भएको छ । नेपालसँग सिमाना जोडिएको राजनीतिक, आर्थिक, सामाजिक एवम् भौगोलिक तथा संस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण तिब्बत स्वशासित क्षेत्रमा सम्बन्धलाई थप विस्तार गर्ने सहमति भएबाट स्थानीय तहमा रहेर काम गर्ने दुवैतर्फका निकायलाई थप समन्वय र सहकार्यमा काम गर्ने आत्मविकासको आधारसमेत तयार भएको छ ।” 

उहाँले भ्रमणमा चीन सरकारले तय गरेको आतिथ्यता र सदाशयताका लागि प्रतिनिधिमण्डलका तर्फबाट चिनियाँ राष्ट्रपति सी चिनफिङ, चीन सरकार र चिनियाँ जनताका साथै सम्बद्ध सबै अधिकारीलाई धन्यवादसमेत दिनुभयो । नेपालसँग जोडिएको तिब्बतमा भएको भएको छलफलमा स्थानीय तहमा रहेका द्विपक्षीय संयन्त्रको नियमित बैठक गर्नुपर्ने विषयमा विचारको आदानप्रदान भएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । 

निर्वाचनमा मधेसकेन्द्रित दल आउने 

प्रधानमन्त्री दाहालले यस पटक देशका सबै राजनीतिक दलको सहमतिले निर्वाचन होस् र राजनीतिक स्थिरताको वातावरण बनोस् भन्ने चिनियाँ पक्षको चासो रहेको बताउनुभयो । निर्वाचन कुनै पनि हालतमा हुने बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “मधेस केन्द्रित दलको सहभागितामा निर्वाचन हुन्छ, त्यो मलाई विश्वास छ ।” 

संविधान संशोधनका विषयमा सीमाङ्कनमा मात्र सबै समस्या हो, अन्य विषयमा कुनै समस्या छैन । संविधान संशोधन अहिले नै गर्ने हो भन्दै उहाँले सहमति गर्न बाँकी रहेका विषयमा केन्द्रीय निर्वाचनभन्दा अघि टुङ्ग्याइने स्पष्ट पार्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी