2026-06-28 04:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन आयोगबाट डा. भट्टराईसहित शिर्ष नेता पक्राउ

2017-04-02


चैत २०, काठमाडौं । निर्वाचन आयोग घेराउ गर्न पुगेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई सहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छन् ।

प्रहरीले  नया शक्तिका भट्टराईसँगै हिसिला यमी, परशुराम तामाङ, गंगा चौधरीका साथै बैद्य माओवादीका नेता सीपी गजुरेल,संयुक्त राष्ट्रबादी समाजबादी पार्टी नेपालका उप महासचिब नारायण श्रेष्ठ र केन्द्रीय सदस्य हिरण्यलाल लुइटेल  लगायतलाई पक्राउ गरेको छ ।

आफ्नो दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय बहादुरभवनमा धर्ना दिन पुगेका थिए । भट्टराईसहितका नेताहरु जुलसससहित अयोगतर्फ अघि बढेका प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई ट्रकमा हालेर अहिले प्रहरी कार्यालयतर्फ लगिएको नयाँ शक्तिका नेता विश्वदीप पाण्डले बताए । नेताहरुलाई अहिले नेपाल प्रहरी २ नं. गण, महाराजगञ्जमा राखिएको थियो भने अहिले महेन्द्र पुलिश क्लबमा लागिएको छ  ।स्थानीय तह निर्वाचन ऐन अनुसार निर्वाचन आयोगले संसदमा भएका दलहरुलाई मात्र दलीय चुनाव चिन्ह दिएको छ । अरु दलका उम्मेदवारले भने दलीय चुनाव चिन्ह पाउने छैनन् । स्वतन्त्र हैसियतमा चुनाव लड्नु पर्नेछ । 

त्यस्तै गिराफ्तारी भए संगै तत्काल निर्बाचन आयोग बाहिरको सडकमा भएको बिरोध  सभामा  सरकारी दमनको भर्सना गर्दै संयुक्त राष्ट्रबादी समजबादिका केन्द्रीय अध्यक्ष तथा पुर्व मन्त्री कमल चौलागाई ले पक्राउ परेका नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न  र तिन बुदे सिन्डिकेटको अलोकतान्त्रिक निर्णय फिर्ता लिई दलीय चुनाव चिन्ह प्रदान गर्न माग गर्नु भएको हो ।उक्त सभामा नया शक्तिका नवराज सुबेदी ,साध्य बहादुर भण्डारी लगाएतका नेताहरुले सरकारी दमनको बिरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी