Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत २८ गते, बिहान ७:२५ बजे
काठमाडौँ - KTM

निर्वाचन भाँड्ने षड्यन्त्र हुँदैछ: पोखरेल

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २८, इलाम । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सबै दलको सहमतिमा संविधान संशोधन प्रस्ताव पास गराउन लागेको भन्ने प्रधानमन्त्रीको भनाइमा कुनै सत्यता नभएको टिप्पणी गर्नुभएको छ । 

प्रेस चौतारी इलामले सदरमुकाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले संविधान संशोधनको विषयमा एमालेले पहिलेदेखि नै लिएको अडान अहिले पनि कायमै छ, यसमा हाम्रो कुनै सहमति भएको छैन्,’ उहाँले भन्नुभयो । 

संविधान संशोधनको कुरा बेमौसमको बाजा भन्दै उहाँले संशोधनको कुरा गरेर स्थानीय तहको निर्वाचन भाँड्ने षड्यन्त्र भइरहेको आरोप समेत लगाउनुभयो । ‘प्रधानमन्त्रीले दुई चरणमा स्थानीय निकायको निर्वाचन गर्नुपर्छ भन्ने कुरा गरिरहनुभएको छ, यो कदापि स्वीकार्य छैन्, चुनाव हुन नदिने षड्यन्त्रण हो, महासचिव पोखरेलले भन्नुभयो 

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले वैशाख ३१ गते तोकिएको स्थानीय निकायको निर्वाचन कुनै पनि हालतमा नसर्ने बताउनुभयो । ‘‘जनताको वर्षाँ  देखिको इच्छा, चाहना र आकङ्क्षाअनुसार निर्वाचनमा भाग लिने अधिकार छ, जनतालाई चुनावमा भाग लिने अधिकारबाट विमुख गराउन संविधान विपरित हुन्छ’’ उहाँले भन्नुभयो । रासस