Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ बैसाख ०१ गते, बिहान ५:०२ बजे
काठमाडौँ - KTM

राष्ट्रपति र पूर्व राष्ट्रपतिबीच शुभकामना आदानप्रदान

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख १, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राष्ट्रपति डा रामवरण यादवबीच आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । 

सो अवसरमा उहाँहरुबीच नयाँवर्ष २०७४ प्रारम्भ भएको खुसियालीमा शुभकामना आदानप्रदान भएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो । 

उहाँहरुबीच संविधान कार्यान्वयन र संविधानको संरक्षकका हैसियतमा राष्ट्रपतिबाट हुनुपर्ने योगदानका बारेसमेत विचारविमर्श भएको थियो । रासस