Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ बैसाख ०२ गते, दिउँसो १:०५ बजे
काठमाडौँ - KTM

निर्वाचन गराउनु सबै दलको उत्तिकै दायित्व: नेता सिंह

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख २, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन गराउनु सबै दलको उत्तिकै दायित्व भएको बताउनुभएको छ । 

सामुदायिक सेवा केन्द्र महाराजगन्जले नयाँ वर्ष २०७४ का अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले मुलुक सबैको भएकाले निर्वाचन गराउने जिम्मा पनि सबै दलको उत्तिकै भएको बताउनुभयो । 

“संविधानको प्रभावकारी कार्यान्वयन र निर्वाचन गराउन दलहरुबीचको एकता आवश्यक छ,” उहाँले भन्नुभयो– “दलहरुले आपसी मतभेद छाडेर अहिलेसम्मका उपलब्धि जोगाउनतर्फ लाग्नुपर्छ ।” निर्वाचनका लागि खुट्टा नकमाउन उहाँले सरकारसँग आग्रह गर्नुभयो । नेता सिंहले संविधान कार्यान्वयनको जिम्मेवारी काँग्रेसकै काँधमा रहेकाले यसका लागि नेतृत्व जिम्मेवार बन्नुपर्ने बताउनुभयो । 

सो कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नेपाल प्रहरी अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम राख्न दत्तचित्त भएर लागेको बताउनुभयो । निर्वाचनका लागि आवश्यक सुरक्षा दिन नेपाल प्रहरी सक्षम रहेको उहाँको भनाइ थियो । रासस