Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ बैसाख ०३ गते, बिहान ६:३६ बजे
काठमाडौँ - KTM

मधेसी मोर्चाद्वारा अनिश्चितकालिन आमहड्तालको घोषणा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:


चैत ३, काठमाडौं । मधेसी मोर्चा र संघीय गठबन्धनले बैशाख ५ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । 

घोषित आन्दोलनको कार्यक्रमअनुसार मसाल जुलुस निकाल्नेदेखि अनिश्चितकालिन आमहड्ताल तथा नेपालबन्दसम्म रहेको छ ।

गठबन्धन र मोर्चाले  आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनको आयोजना गरी बैशाख ५ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने, ७ गते लाठी जुलुस निकाल्ने र ९ गतेदेखि १२ गतेसम्म विभिन्न ठाउँमा आमसभा गर्ने घोषणा गरेको छ ।

यस्तै बैशाख १२ देखि २७ गतेसम्म क्षेत्रीय स्तरका बन्दहरु र लाठी तथा मसाल जुलुसका कार्यक्रम छन् । २७ गतेदेखि चुनावलाई लक्षित गरेर आम हडताल गर्ने बताएको छ ।