Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ माघ २४ गते, दिउँसो १:२५ बजे
काठमाडौँ - KTM

आज संसदबाट अध्यादेश पारित हुन्छ, जसपाले पनि समर्थन गर्छ : कांग्रेस

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाली कांग्रेसले संसदबाट अध्यादेश पारित हुने दाबी गरेको छ। बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने दाबी गरेका हुन् ।

‘आज संसदमा अध्यादेश पेश हुन्छ। ५१ अस्वीकारको सूचना परेका छन्, त्यसमाथि छलफल गरेर अस्वीकृत हुन्छ र स्वत: अध्यादेश पारित हुन्छ। प्रतिनिधि सभामा केही समस्या छैन। राष्ट्रिय सभाको हकमा केही समस्या जस्तो देखियो।’ उनले थपे, ‘तर,अहिले कुरा मिलिसक्यो, समर्थन गर्छ, हिजो पनि प्रधानमन्त्रीलाई भोट हालेको पार्टी हो। अहिले सत्तापक्षकै बेञ्चमा बसिरहेको छ, जसपा नेपालले पनि समर्थन गर्छ। अध्यादेश राष्ट्रिय सभाबाट पनि पारित हुन्छ।’

‘संसदीय दलको बैठक अघि कांग्रेससँग छलफल हुँदा समर्थन गर्न सकारात्मक हुनुहुन्छ, सर्त अहिले छोडिदिनुस्, सर्तको कुरा भोलि थाहा हुन्छ। घिमिरेले भने, ‘लेनदेन भएको छैन, जसपा लगायतले अध्यादेशको विरोध गर्नुपर्ने कुनै कारण छैन।’