Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ माघ ०९ गते, दिउँसो २:५४ बजे
काठमाडौँ - KTM

बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले भाषण गर्दा भनेको ‘मधेसी छौरा’का सन्दर्भमा आफूले गरेको टिप्पणीप्रति क्षमा मागेका छन्।

गत सोमबार रास्वपाले जनकपुरमा आयोजना गरेको चुनावी सभामा सम्बोधनका क्रममा बालेनले मैथिली भाषा बोल्ने प्रयास गर्दै भनेका थिए, ‘मधेसी छौरा पीएम बन्ने वाला है’ (मधेसी छोरो प्रधानमन्त्री बन्नेवाला छन्)।’

मैथिली भाषामा त्यसको अर्थ के लाग्छ भनेर सोधेको विषयमा केही व्यक्तिले गलत नियतले प्रचार गरेको भन्दै एमाले सचिव बस्नेतले बिहीबार सामाजिक सञ्जालमार्फत माफी मागेका हुन्।