Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ माघ ०९ गते, अपराह्न ४:५५ बजे
काठमाडौँ - KTM

उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न बनेको उच्चस्तरीय आयोगको थप २० दिन म्याद थपेको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले २० दिन म्याद थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । यसअघि एक महिनाका लागि जाँचबुझ आयोगको समय थपिएको थियो। उक्त समय अवधिमा आयोगले सबै उच्च अधिकृतको बयान सकाएको छ।

अब प्रतिवेदन लेखनको काम नसकिएकाले आयोगले थप समय मागेको हो।