Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ माघ १० गते, अपराह्न ४:३३ बजे
काठमाडौँ - KTM

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाली कांग्रेसले पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा औपचारिक रूपमा घोषणा गरेको छ। आइतबार बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति विश्वप्रकाश शर्माले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएको जानकारी दिए। उनले बैठकमा प्रधानमन्त्रीको उम्मेदवार किन अहिले नै घोषणा गर्नुपर्‍यो भन्ने सन्दर्भमा धारणा राख्दै छ वटा बुँदा प्रस्तुत गरेका थिए।

शर्माका अनुसार सातौँ बुँदामा सभापति गगन कुमार थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएको जानकारी गराइएको थियो। उनले भने, “नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका छौँ।”