Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ माघ २८ गते, अपराह्न ५:१५ बजे
काठमाडौँ - KTM

पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कोषले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । कोषले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ ।

फागुन १ गतेदेखि ५ गतेसम्म महाशिवरात्रि पर्व सञ्चालन बारे जानकारी दिन बिहीबार दिउँसो ३ः३० बजे पत्रकार सम्मेलनको आयोजना गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुवासचन्द्र जोशीले जानकारी दिए ।

महाशिवरात्रि पर्व अवधिभर पशुपति क्षेत्रका मठ–मन्दिर तथा अखडाहरूमा उपस्थित साधुसन्तका लागि दाउरा, भोजन, पूजा सामग्री र दक्षिणाको व्यवस्था गर्ने उनले जानकारी दिए ।