Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ चैत २४ गते, दिउँसो २:०३ बजे
काठमाडौँ - KTM

सडक सुरक्षा ऐन अघि बढाउन माग

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले सडक सुरक्षा ऐन अघि बढाउने माग गरेका छन् । संसदको शून्य समयमा बोल्दै उनले ऐनको ड्राफ्ट बनिसकेको हुँदा त्यसलाई अन्तिम कानुनी रूप दिन आग्रह गरेका हुन् ।

सांसद गजुरेलले सार्वजनिक यातायात, पैदल, अपाङ्गता भएका यात्राुको यात्रा व्यवस्थित बनाउनसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले हरेक दिन सडक दुर्घटनामा परी ज्यान गुमाउने यात्रुको संख्या बढिरहेको भन्दै त्यसलाई रोक्न आवश्यक पहल गर्नुपर्ने बताएका छन् ।