Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ चैत २४ गते, अपराह्न ५:१८ बजे
काठमाडौँ - KTM

राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष लिलाकुमारी भण्डारीले पदभार ग्रहण गरेकी छन् । आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेकी उनले लगत्तै पदभार ग्रहण गरेकी हुन् ।

एमाले सांसद भण्डारी सोमबार उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थइन्। सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले प्रस्तुत गरेको सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।