Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ चैत २५ गते, अपराह्न ३:१६ बजे
काठमाडौँ - KTM

राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | रास्वपाका सांसद जगदीश खरेलले तत्कालीन सुुशीला कार्की नेतृत्वको सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौता अक्षरशः पालना गर्न माग गरेका छन् । बुधबार (चैत २५)को प्रतिनिधिसभा बैठकमा उनले आफू सञ्चारमन्त्री र सरकारको प्रवक्ता रहेको सम्झँदै उक्त सम्झौता यताउता भए स्वीकार्य नहुने बताए ।

फागुन २१ को चुनावबाट पुराना पात हट्दै गएको र नयाँ पालुवा पलाएको पनि उल्लेख गरे । राजनीतिको, नेतृत्वको परिभाषा परिवर्तन भएको दाबी गरे र, त्यो पार्टी सभापति रवि लामिछानेले गरेको जिकिर उनको छ ।

“राजनीतिको परिभाषा परिवर्तन भएको छ । नेतृत्वको परिभाषा परिवर्तन भएको छ,” उनले भने, “परिभाषा बदल्ने नायक जन्मिएको छ भने, यो देशमा रवि लामिछाने जन्मिएको छ ।”